२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

जनप्रतिनिधि र कर्मचारीहरुको सीप विकास गर्न दुहुँ गाउँपालिकामा विशेष तालिम सञ्चालन



काठमाडौं : दुहुँ गाउँपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरुको सीप विकासका लागि तालिम सञ्चालन गरिएको छ। आर्थिक वर्षको शुरुवात भएको ४ दिनमै दुहुँ गाउँपालिकाले सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुलाई खरीद ऐन नियमावली सम्बन्धि, आर्थिक ऐन कानुन, नेतृत्व विकास सम्बन्धि, प्रस्तुतिकरण सीप, उत्प्रेरणात्मक सन्देश आदी विषयवस्तु समेटेर तालिम सम्पन्न भएको गाउँपालिका अध्यक्ष पुलेन्द्र कार्कीले जानकारी दिए ।

प्रायः यस्ता किसिमका तालिमहरु आर्थिक बर्षको अन्तमा सञ्चालन हुने गरेका तर आर्थिक सुशासन कायम गर्न तथा कर्मचारीहरुलाई सीप विकास गर्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष कार्कीको बताए । यो तालिमले वर्षभरी काम गर्न सहजता आउने कार्यक्रममा सहभागी कर्मचारीहरुले विश्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !