अहिले शेरबहादुर देउवाले नेतृत्व गरेको गठबन्धन सरकारको प्राथमिकता निर्धारण गर्न बनेको कार्यदलमा उनी माओवादी केन्द्रको तर्फबाट सदस्य छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको १७ दिन वित्यो । तर मन्त्रिपरिषद् विस्तारले पूर्णता पाएको छैन । गठबन्धनमा आवद्ध दलहरुबीच भागबण्डामै कुरा अड्कीएपछि २० मन्त्रालय नेतृत्वविहिन अवस्थामा छन् । बरु गठबन्धनभित्रबाटै विरोधका आवाजहरु बाहिरिन थालेका छन् ।