१९ बैशाख २०८१, बुधबार
 |   Wed May 1 2024
Logo

एउटा व्यक्तिलाई एउटै निर्वाचन क्षेत्रमा दुई पटकभन्दा धेरै चुनाव लड्न नदिन सुझाव



प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले गठन गरेको उपसमितिले एउटा व्यक्तिले एउटा निर्वाचन क्षेत्रमा दुई पटक भन्दा धेरै निर्वाचन लड्न नपाउने व्यवस्था गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन तयार पारेको छ।

रेखा शर्मा नेतृत्वको उपसमितिले अख्तियार र सुशासनको विषयमा तयार पारेको प्रतिवेदन समितिलाई दिएको हो।

राज्य व्यवस्था समितिले निर्वाचन प्रणालीमा सुधारका विषयमा यशोदा सुवेदी गुरूङ र अख्तियार र सुशासन कायम गर्ने विषयमा सुझावका लागि रेखा शर्माको संयोजकत्वमा उपसमिति गठन गरेको थियो।


प्रतिक्रिया दिनुहोस !