१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

यसपाली भेटिएला त सर्वाेत्कृष्ट निजामती कर्मचारी ?



काठमाडौं- सरकारले २२ भदौंमा निजामती सेवा दिवस मनाउँदै छ । सो दिवसका अवसरमा पारेर कर्मैचारीमध्यबाट सर्वाेत्कृष्ट निजामती पुरस्कार ,उत्कृष्ट निजामती पुरस्कार र निजामती सेवा पुरस्कार वितवरण गर्दै आएको छ । सोही पुरस्कारका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवेदन माग गरेको छ ।

पुरस्कारका लागि योग्य र इच्छुक कर्मचारीहरुले आगामी ३२ साउनभित्र आवेदन दिन मन्त्रालयले भनेको छ ।

सरकारले प्रदान गर्दै आइरहेको निजामती पुरस्कार विवादित बन्दै आएको छ । हरेक बर्ष निजामती सेवा दिवसको अवसरमा प्रदान गरिँदै आएको सो पुरस्कार ९५ प्रतिशत सिंहदरबारभित्रका कर्मचारी पर्ने,प्रदेश र स्थानीयतहमा समावेश कर्मचारी थोरै मात्र पर्ने कारण दुर्गममा बसेर जनताको सेवा गर्ने कर्मचारीहरुले आक्रोश व्यक्त गर्दै आइरहेका छन् ।

विगत पाँच वर्षदेखि निजामती प्रशासन सर्वोत्कृष्ट कर्मचारी भेटिएको छैन । दुई लाख रुपैयाँ सो राशीको पुरस्कार थाप्ने इमान्दार कर्मचारी भेटिएका छैनन् । निजामती प्रशासन क्षमतावान र इमान्दार कर्मचारीहरु धेरै भएपनि उनीहरुको उचित मूल्याङकन गरेर प्रोत्साहन दिइदैन भन्ने कुरा सर्वोत्कृष्ट कर्मचारी फेला पार्न नसक्नुबाट पनि प्रष्ट हुन्छ ।-इकर्मचारीवाट


प्रतिक्रिया दिनुहोस !