१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

चिनियाँ सेनाद्वारा दुश्मनको सञ्चार प्रणाली ध्वस्त पार्न सक्ने क्षेप्यास्त्र परीक्षण



चीनले दुश्मनको सञ्चार प्रणालीलाई बन्द गर्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको बताएको छ।

सरकारी टेलिभिजन सीसीटीभीले जनाएअनुसार चिनियाँ सेनाको रकेट फोर्सले त्यस्तो दुई क्षेप्यास्त्र परीक्षण गरेको हो। जसले दुश्मनको ‘जटिल इलेक्ट्रोम्याग्नेटिक अवरोध’लाई पार गर्न सक्ने बताइएको छ।

‘ती क्षेप्यास्त्र सयौँ किलोमिटर टाढा दुश्मनको शिविरमा रहेको प्रतिरक्षा प्रणालीलाई भेदेर दुश्मनको सञ्चार प्रणालीलाई बन्द गराउन सफल भएका छन्,’ रिपोर्टमा भनिएको छ।

क्षेप्यास्त्र प्रहारको अभ्यास गर्दै गर्दे भिडिओ फुटेज पनि सीसीटीभीले प्रसारण गरेको छ।

यो हतियारले दुश्मनको प्रतिरक्षा प्रणालीलाई पुरै ध्वस्त पार्ने चिनियाँ सेनाका पूर्व प्रशिक्षक सङ चोङपिङ बताउँछन्।

‘समुद्र र आकाशमा नियन्त्रण प्राप्त गर्नुअघि हामी यो क्षेप्यास्त्रले दुश्मनको शिविर ध्वस्त पार्न सक्छौँ। त्यसपछि लडाकु विमान, युद्धपोत पठाउन सकिन्छ,’ उनले भने। एससीएमपी


प्रतिक्रिया दिनुहोस !