२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

नायब सुब्बाको पदपूर्ति यथास्थितिमा राख्न सर्वोच्च अदालतको अन्तरिम आदेश



काठमाडौँ । सर्वोच्च अदालतले लोक सेवा आयोगलाई नायब सुब्बाको पदपूर्ति यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ । समायोजनमा परेका नायब सुब्बाहरुको भाद्र ११ मा सर्बोच्च अदालतमा परेको रिट अनुसार आफूहरूलाई सङ्घमा नै समायोजन गर्नु पर्ने माग थियो।

स्थानीय र प्रदेशमा समायोजन भएका नायब सुब्बाहरुले सङ्घमा नै समायोजन गर्नुपर्ने भन्दै दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पेसी मितिसम्म पदपूर्ति सम्बन्धी काम कारबाही यथास्थितिमा राख्न लोक सेवा आयोगका नाममाआदेश दिएको हो । अदालतले भदौ ३० गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस !