१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

बागमती प्रदेशमा कर्जा १० प्रतिशतले वृद्धि



काठमाडौँ । आर्थिक वर्ष २०७७/७८ मा बागमती प्रदेशमा बैङरक तथा वित्तीय संस्थाले सेवा क्षेत्रमा प्रवाह गरेको कर्जा १० प्रतिशतले वृद्धि भई आठ खर्ब २१ अर्ब ३९ करोड रुपियाँ पुगेको छ ।

अघिल्लो आव वर्षको सोही अवधिमा यस्तो कर्जा १५.० प्रतिशतले बढेको थियो । कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश ३९.५ प्रतिशत रहेको छ । कुल औद्योगिक कर्जामध्ये वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा प्रवाहित कर्जा सबैभन्दा बढी १६ प्रतिशतले वृद्धि भएको छ भने थोक तथा खुद्रा बिक्रेता क्षेत्रमा सबैभन्दा कम ७ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैङरकले सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक वर्ष २०७७/७८ मा आधारित ‘प्रादेशिक आर्थिक गतिविधि अध्ययन’का अनुसार अन्य सेवा क्षेत्रमा १३.८ प्रतिशत र पर्यटन क्षेत्रमा ११.३ प्रतिशतले वृद्धि भएको छ भने यातायात, भण्डार र सञ्चार क्षेत्रमा २.३ प्रतिशतले कमी आएको छ । सेवा क्षेत्रअन्तर्गत प्रवाह भएको कर्जामा काठमाडौँ जिल्लाको अंश सबैभन्दा बढी ८१.६ प्रतिशत र रसुवा जिल्लामा अंश सबैभन्दा कम ०.०८ प्रतिशत रहेको छ ।

प्रमुख उद्योगको क्षमता उपयोग, उत्पादन तथा प्रत्यक्ष रोजगारी समीक्षा अवधिमा बागमती प्रदेशका नमुना छनोटमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४८.९१ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा नमुनामा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४१.४५ प्रतिशत रहेको थियो ।

बियर उद्योगले सबैभन्दा बढी १५५.६६ प्रतिशत क्षमता उपयोग गरेको छ भने अन्य रासायनिक पदार्थअन्तर्गत टरयाबलेटको क्षमता उपयोग सबैभन्दा कम ८.८१ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा अध्ययनले समेटेका बागमती प्रदेशका उद्योगमध्ये पशुदाना उत्पादन ३२.३ प्रतिशत, चाउचाउ उत्पादन ५.७ प्रतिशत, चुरोट उत्पादन १०.३ प्रतिशत, इँटा उत्पादन ३६.९ प्रतिशत, गार्मेन्ट उत्पादन १४.८ प्रतिशत, सिमेन्ट उत्पादन २२.७ प्रतिशत र रङ उत्पादन १८.३ प्रतिशतले बढेको छ भने प्रशोधित दूध उत्पादन ८.२ प्रतिशत, बियर उत्पादन ३१.५ प्रतिशत, हल्का पेय पदार्थ उत्पादन ९.१ प्रतिशत र कपडाको जुत्ता उत्पादन १८.१ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा अध्ययनले समेटेका बागमती प्रदेशभित्र सञ्चालित उद्योगहरूले सात हजार ९२८ जना नेपाली नागरिक र १३८ जना विदेशीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । समीक्षा अवधिमा बैङरक तथा वित्तीय संस्थाले बागमती प्रदेशका औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ९.७ प्रतिशतले वृद्धि भई सात खर्ब ८२ अर्ब ९२ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ८.८ प्रतिशतले वृद्धि भई छ खर्ब ५५ अर्ब ७९ करोड पुगेको थियो । बागमती प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३७.६ प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये काठमाडौँ जिल्लामा सबैभन्दा बढी छ खर्ब ७१ अर्ब ७२ करोड रुपियाँ (८५.८ प्रतिशत) कर्जा लगानीमा रहेको छ भने रसुवा जिल्लामा सबैभन्दा कम ४४ करोड रुपियाँ कर्जा (०.०६ प्रतिशत) लगानी रहेको छ ।

कुल औद्योगिक कर्जामध्ये धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी २१.४ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा कम गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ६.३ प्रतिशतले वृद्धि भएको छ । यसैगरी विद्युतर, ग्यास तथा पानीमा १४.३ प्रतिशत, कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगमा १२.० प्रतिशत, निर्माणमा ८.१ प्रतिशतले कर्जा बढेको छ भने खानीसम्बन्धी उद्योगमा १.५ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस !