१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

एमसीसीका बारेमा जथाभावी नबोल्न प्रधानमन्त्री देउवाको निर्देशन



काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे अनावश्यक भ्रम फैलाइएको बताएका छन् । नेपाली कांग्रेस संसदीय दलको मंगलबारको बैठकमा बोल्दै उहाँले जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुने भन्दै एमसीसीबारे अनावश्यक भ्रम फैलाइएको टिप्पणी गरे ।

देउवाले एमसीसी सम्झौताबारे बुझेका सांसदहरुलाई मात्र बोल्न निर्देशन पनि दिए । देउवाले अघिल्ला सरकारहरुले पनि कानून बनाएर एमसीसीलाई अघि बढाउँदै आएको दाबी गर्दै प्रतिष्पर्धाबाट प्राप्त गरेको अनुदान सहयोगले लोकतान्त्रिक देशको सम्बन्ध पनि जोडिने बताए । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको र गठबन्धन सरकारको बाध्यता बुझिदिन देउवाले सांसदहरुलाई आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !