२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

विदेशी मुद्रा आर्जन गर्ने सफ्टवेयर कम्पनीहरुमाथि १ प्रतिशत अग्रिम कर, युट्युब पनि दायरामा आउने



सफ्टवेयर सेवा आउटसोर्स गरी वा विभिन्न सामाजिक सञ्जालमा सामग्री अपलोड गरी प्राप्त हुने विदेशी मुद्रामा अब १ प्रतिशत दरको अग्रिम कर लाग्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले सदनमा बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै त्यस्तो बताएका हुन् ।

‘नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरेबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भए सम्बन्धित बैंक, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनी ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्ने व्यवस्था मिलाएको छु,’ बजेटमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !