१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

एमाले विधान महाधिवेशनको लोगो सार्वजनिक



काठमाडौँ – असोज १५ देखि १७सम्म हुने नेकपा एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक भएको छ । बुधबार दिउँसो सामाजिक सञ्जालबाट विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो ।

एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुंगो लगाएको छ। स्थायी कमिटीको शनिबार बसेको बैठकले करिब तीन हजार प्रतिनिधिको टुंगो लगाएको थियो । ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ।


प्रतिक्रिया दिनुहोस !