५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

आफ्नै ४ वर्षीया बहिनीलाई बलात्कार गर्ने बझाङका युवकलाई भारतमा फाँसीको सजाय



धनगढी । आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड) को सजाय दिइएको छ । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई भारतको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।

चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा भारतको पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ वर्षीय युवकलाई त्यहाँको अदालतले फाँ’सीको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतीय पत्रिका अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा पक्राउ परेका थिए । गाउँमा बुबाआमाको मृत्युपछि सौतेनी बहिनी दाइसँग पिथौरागढमा बस्दै आएको बताइएको छ । आजको राजधानी दैनिकमा खबर छ ।


प्रतिक्रिया दिनुहोस !