१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

ओलीबाट धोका पाएपछि केन्द्रीय कमिटीको बैठकमा गएनन् भीम रावल



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावल केन्द्रीय कमिटी बैठकमा उनुपस्थित भएका छन् । आगामी असोज १५–१७ गते हुने विधान महाधिवेशनमा पेश हुने राजनीति, सांगठनिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्ने कार्यक्रममा भीम रावल अनुपस्थित भउका हुन् । शनिबार सातै प्रदेशका टोली नेता र अन्य ३ गरि १० वटा समूहका टोली नेताले आफ्नो बैठकमा आफ्नो सुझाव राखेका थिए । तर, उक्त १० वटै समूहमा माधव नेपालको साथ छाडेर एमालेमै फर्किएका कसैले जिम्मेवारी पाएका थिएनन् ।

आइतबार १० समूहका टोली नेताले तयार पारेको सुझाव प्रतिवेदनबारे अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिने कार्यक्रम रहेको थियो । तर, पार्टी एकता गर्न बनेको १० बुँदे सहमति हुबहु लागू गर्नुपर्ने माग गर्दै आएका उपाध्यक्ष रावल अनुपस्थित भए । यस विषयमा शुक्रबार अध्यक्ष ओलीसँग वार्ता गरेका रावलले धोकामात्र पाए । अध्यक्ष ओलीले सके आइतबारसम्म यो विषयमा छलफल गरेर अघि बढने बताएका थिए । साथै, अहिले यो विषय प्राथमिकता नरहेको र विधान महाधिवेशनमा केन्द्रित हुने पनि बताएका थिए ।

आलीको भनाइअनुसार आइतबारसम्म स्थायी कमिटी बैठक डाकेर ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्छन् भन्ने आशमा बसेका रावलले धोका पाए । त्यसपछि उनी बैठकमा अनुपस्थित भएको स्रोत बताउँछ । प्रधानमन्त्रीमा रहँदा ओलीले संसद विघटन गरेपछि एमाले दुई भागमा विभाजित भएको थियो । ओली समूह र माधवकुमार नेपाल समूह । उपाध्यक्ष भीम रावलसँगै १० सांसद नेपाल समूहमा लागेका थिए । तर, पछि नेपाल समूहले नयाँ पार्टी खोल्दा रावलसहित १० जना एमालेमै मिसिएका थिए, १० बुँदे सहमति कार्यान्वयन गर्ने सर्तमा ।

त्यतिबेला अध्यक्ष ओलीले अक्षरस १० बुँदे सहमति कार्यान्वयन हुने बताएका थिए । पार्टीमा आएपछि सहमतिका कुरा गर्ने तर, कार्यान्वन नगरिएपछि ओलीसँग रावल चित्त दुखाउँदै आएका थिए । यहीँ बीचमा आगामी असोज १५–१७ का लागि विधान महाधिवेशनको मिति तय गरियो । त्यसपछि अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयनभन्दा पनि विधान महाधिवेशनलाई ध्यान दिएका थिए । तर, एमालेमा मिसिएका नेपाल समूहका तेस्रो धारका नेताहरुले भने १० बुँदे सहमति अक्षरस पालना नभई बैठकमा सामेल नहुने बताउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !