१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

दार्चुलाका जुवाडे वडाअध्यक्ष लगायत सबैलाई दशै मनाउन तारेखमा छोडियो



दार्चुलामा पक्राउ परेका जुवाडे वडाअध्यक्ष लगायत सबैलाई दशै मनाउन छोडिएको छ । आइतवार दिउँसो जिल्ला सदरमुकाम खलंगाबाट पक्राउ परेका १२ जना जुवाडेलाई दशै मनाउन तारेखमा छोडिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दशै सकिए लगत्तै उनीहरुलाई पुनः उपस्थिति गराइ थप कारवाही अगाडि बढाइने जनाइएको छ । मुद्दा दर्ता गरि १५ दिनको म्याद थप भएको अवस्थामा जुवाडेहरुलाई छोडिएको हो । कारवाही नै नगराइ १२ जुवाडेहरुलाई रातिको समयमा छोडिएकोमा सर्वसाधारणले प्रहरी प्रशासनप्रति प्रश्न गरेका छन् ।

आइतवार जुवा खेलाइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा हान्दा जुवाखालबाट नगद २ लाख ३७ हजार ३ सय ९७ रुपैयाँ, ११ थान मोबाइल सेट, १३ गड्डी तास, ६ थान कुर्सी, ४ थान स्टुल, १ थान काठको टेबुल, १ थान गलैँचा, २ थान प्लेजर, १ थान कार्पेट र खाली पर्स ७ थान बरामद गरेको थियो ।

प्रहरीले अहिलेसम्म जुवाडेहरुको नाम सार्वजनिक गरेको छैन् । तर श्रोतका अनुसार जुवाडे वडाअध्यक्ष व्यास गाउँपालिका वडा न. ३ का एमालेबाट निर्वाचित जनप्रतिनिधि रहेको खुल्न आएको छ ।


प्रतिक्रिया दिनुहोस !