२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

एमाले अध्यक्षमा ओली भारी मतले विजयी



१४ मंसिर, काठमाडौंः नेकपा एमालेको १० औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।

निर्वाचनमा खसेको कूल २ हजार ९६ मतमा नवनिर्वाचित अध्यक्ष ओलीले १ हजार ९ सय मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी रहेका भीम रावलले १ सय ९६ मत प्राप्त गरेका छन्।

यसैबीच, उपाध्यक्ष पदको मत गणना पनि शुरु भएको छ । त्यसपछि सचिव र केन्द्रीय सदस्यको मत गणना हुने एमाले निर्वाचन आयोगले जानकारी दिएको छ । शुरुमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि रावलले अस्वीकार गर्दै उम्मेदवारी दिएपछि अध्यक्ष पदका लागि निर्वाचन भएको थियो।

बिहान ४ बजेबाट मतदान शुरु गरी दिउँसो एक बजेबाट मतगणना शुरु गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !