१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

आङसाङ सुकीलाई सुनाईको जेल सजाय अवधिमा आधा कट्टा, अब २ वर्ष मात्रै जेल बस्नुपर्ने



काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय अवधि आधा घटाइएको छ । अब नेतृ सुकीलाई २ वर्ष मात्रै जेल राखिनेछ ।

म्यानमारको सैनिक अदालतले नेतृ सुकीलाई सोमबार चार वर्ष जेल सजाय सुनाएको थियो । उक्त फैसलामा सुनाईको जेल अवधिमा आधा कट्टा गरिएको छ ।

सैनिक अदालतले गरेकाे उक्त निर्णय बारे म्यानमारको राष्ट्रिय टेलिभिजनहरुले पनि पुष्टि गरेका छन् । सोमबार म्यानमारको न्यपेतस्थित सेनाको अदालतले सुकीलाई दुई फरक फरक आरोपमा समान ४ वर्षको जेल सजाय सुनाएको थियो ।

७६ वर्षीया सुकीलाई गत फेब्रुअरीमा सेनाले कू गरेर सत्ता कब्जा गरेपछि नजरबन्दमा राखिँदै आएको थियो । म्यानमारको सेनाले उनीविरुद्ध विभिन्न करिब एक दर्जन आरोपमा मुद्दा दायर गरेको थियो।

तर उनले आफूमाथि लाग्दै आएको आरोपको खण्डन गर्दै आएकी छन् ।


प्रतिक्रिया दिनुहोस !