२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

माघीले काेराेना नियन्त्रण गर्न ऊर्जा प्रदान गर्ने उपराष्ट्रपति पुनकाे विश्वास



काठमाडाैं, १ माघ

उपराष्ट्रपति नन्दबहादुर पुनले माघे संक्रान्ति पर्वले कोरोना भाइरसको तेस्रो लहरलाई नियन्त्रण गर्न एकताबद्ध हुन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

माघी र माघे संक्रान्तिका अवसरमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति पुनले मुलुकको दिगो विकास, स्थायी शान्ति, संविधानको संरक्षण र पूर्ण पालन, राजनीतिक स्थायित्व तथा मुलुकको समृद्धिका लागि जिम्मेवार हुन माघेसंक्रान्तिले सबै नेपालीलाई प्रेरणा मिल्ने बताएका छन् ।

सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरेको तिथिलाई आधार मानेर मगर, थारु र छन्त्याललगायत अन्य समुदायले नयाँ आर्थिक वर्ष प्रारम्भको रुपमा मनाउने माघेसंक्रान्ति पर्व मनाउने गर्दछन् ।

उनले कोभिड–१९ को अर्को लहर तीव्र रुपमा फैलिरहेकाले कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि सरकारले लिएको निर्णयको पालना गर्न सबै नागरिकलाई आग्रह पनि गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !