१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

काठमाडौं युरेका लियो क्लबको ड्रीम प्रोजेक्ट सम्पन्न



निर्मल राज शाही
काठमाडौ

काठमाडौं युरेका लियो क्लब LY २०२१/२२ ले कालिकोटको तिला मोडल स्कुल -०२ महवाईमा वाटर स्टेशन निर्माण कार्य सम्पन्न गरी एक कार्यक्रमका बीच क्लवले विद्यालयलाई हस्तान्तरण गरेकोे छ ।

कर्णाली प्रदेशका जनताले लामो समयदेखी झेल्दै आएका समस्या, चुनौतीलाई सामना गर्दै त्यहाँका बासिन्दाले कष्टपूर्ण जीवन शैली अपनाउदै आईरहेका छ्न । यातायात, बिजुली र अन्य आधारभूत सुविधाहरुको तँ झनै कुरै नगरौ सरकारको ध्यान कर्णालीमा जान नसके पनि देशमै रहेका सामाजिक कार्यलाई आफ्नो मुल एजेण्डा सम्झिने युवाहरुको एकिकृत जमातले दुर्गममा केही रुपमा भएँपनि समस्याको हल होस् भन्ने उदस्यले काठ्माण्डौं युरेका लियाे क्लबका अध्यक्ष लियो युवराज पराजुली र सम्पूर्ण क्लबले विद्यालयमा ५०० भन्दा बढी विद्यार्थीहरूलाई सेवा दिने वाटर स्टेशन निर्माण गर्न पहल गरेकोे थियो । आयोजना राम्ररी योजनाबद्ध भई कालिकोटको तिला मोडल स्कुल महवाई–०२ मा चैत मसान्तमा निर्माण सुरु भएको थियो । विद्यालय टोलीको मिहिनेत र लगनशीलता देखेर लियो युवराजले उक्त परियोजनालाई आफ्नो कार्यकालको ड्रिम प्रोजेक्ट बनाएका थिए । अध्यक्ष पराजुली को कर्मथलो नै कालिकोट भएकाले आयोजना समयमै पुरा भएको क्लवका सचिव सिर्जन अर्याल बताउछन ।

यस आयोजना लाई पूरा गर्न क्लवले विभिन्न किसिमका कार्यक्रम र विभिन्न सहयोगी दाताहरुसँग आर्थिक संकलन पनि गरेँको थियो । आयोजना सम्पन्न भएलगत्तै यस क्लव का पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार श्री सविन गतौलाले काठ्माण्डौंबाट आयोजकको प्रतिनिधित्व गर्दै लिओ केशव पराजुली, लिओ सिर्जन अर्याल, लिओ कुसुम पौडेल, लिओ धुर्ब राईको टोलीलाई १९ गते साझ बिदाई सँगै आयोजनाको सफलताको शुभकामना व्यक्त गरेका थियो र उक्त टोली २० गते बिहान आयोजना स्थलमा प्रस्थान गरेँको थियो ।

वैशाख २२ गते क्लवका प्रतिनिधि , विद्यालयका शिक्षक , व्यवस्थापन समिति र त्यहाँका स्थानिय बासिन्दाको उपस्थितिमा वाटर स्टेसनको शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा बोल्दै पराजुलीका अनुसार जहाँ विद्यार्थीहरू विद्यालयमा आउन धेरै उत्साहित छन् तर उनीहरूसँग पानीको स्रोतमा पहुँच छैन जसले विद्यालय सञ्चालन गर्न र उचित स्वास्थ्य र सरसफाइ कायम गर्न कठिनाई भइरहेको थियो । हामी विश्वास गर्छौं कि यस वाटर स्टेशनले दुर्गम बालबालिकाको स्वास्थ्य र नियमितताको हिसाबले जीवनमा परिवर्तन ल्याउनेछ। क्लवले अझै नयाँ-नयाँ रचनात्मक काम, दुर्गममा आवश्यकता अनुसार काम गर्ने संकल्प पनि गरे सँगसँगै यस आयोजनालाई सफल पार्न भुमिका खेल्नु हुने सम्पूर्णमा धन्यवाद व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !