२५ बैशाख २०८१, मंगलवार
 |   Tue May 7 2024
Logo

एकीकृत समाजवादीको जनप्रतिनिधिलाई सर्कुलर, जेठ १७ सम्म सम्पत्ति विवरण सार्वजनिक गर्नु



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई विशेष सर्कुलर जारी गरेको छ। बुधबार पार्टी महासचिव बेदुराम भुसालले जारी गरेको सर्कुलरमा जनप्रतिनिधिहरूलाई जेठ १७ गतेसम्म सम्पत्ति विवरण सार्वजनिक गर्न भनिएको छ। एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी यसपालि पहिलो पटक निर्वाचनमा सहभागी भएको हो।

सत्ता गठबन्धनसँग मिलेर एकीकृत समाजवादीले पोखरा महानगर र हेटौंडा उपमहानगरमा मेयर जितेको छ। देशभरि एकीकृत समाजवादीले यसपालि २० पालिकामा मेयर र अध्यक्ष जितेको छ। भुसालले जनताले ठूलो विश्वास गरी मत दिएकाले जनताको विश्वासप्रति सधैँ इमानदार रहन जनप्रतिनिधिलाई निर्देशन दिएका छन्। ‘जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुहोला। निर्वाचनका बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै नभुल्नुहोला,’ सर्कुलरमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस !