२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

आज कार्यसम्पादन सम्झौता, पर्सी सचिवहरुको सरुवा



नेपालमा कार्यसम्पादन सम्झौता पनि कस्तो मजाकको विषय बन्यो भने मुलुकको कार्यकारी प्रमुखकै तहबाट भएको हस्ताक्षर पनि कागजको खोस्टो बराबर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पदचाप पछ्याउँदै मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्ने भएका छन् ।

त्यसका लागि आज अपरान्ह तीन बजे सिंहदरबारमा सबै मन्त्री र सचिवहरुलाई डाकिएको छ । आज मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता भएसँगै मन्त्रीले सचिवसँग र सचिवले सहसचिवसँग कार्यसम्पादन सम्झौता गर्न तयारी हुँदैछ ।
मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता गरिँदा अब मुलुककै प्रशासनसंयन्त्रमा कायापलट हुन्छ कि भन्ने अपेक्षा राखिए पनि यस अघि कार्यसम्पादन सम्झौताको मसी सुक्न नपाइ कर्मचारीलाई भकुण्डो बनाइएको थियो ।

यस अघि केपी ओलीको समयमा समेत हरेक चार–चार महिनामा मन्त्रीको मूल्यांकन हुने घोषणाले गरिएको थियो तर हस्ताक्षरको मसी नसुक्दै मन्त्रीहरू गलहत्याइए, एक वर्षको लागि सम्झौता गरेका सचिव तीन महिनामा भकुण्डो बनाइए । त्यसमा पनि अब्बल ठहरिएका मन्त्रीहरू गलहत्याईमा परे । कार्यसम्पादनमा कमजोर देखिएकाहरू अझै क्याविनेटमा राखिएको थियो ।

मन्त्रीहरूले कार्यसम्पादन धस्काएको मसी नसुक्दै भोलि वा पर्सीमा झण्डै आधा दर्जन सचिवहरु सरुवा हुँदैछन् । जस्मा अर्थसचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लैजाने चर्चा चलिरहेको छ ।
यस्तै अर्थमा डा दामोदर रेग्मी,केवल भण्डारी वा बैकुण्ठ अर्यालमध्ये एक जनालाई ल्याइने चर्चा छ । सरुवा हुन लागेका सचिवहरुमा अर्जुन पोखरेल,सुरेश अधिकारीदेखि दिनेश भट्टराईहरुको नाम चर्चामा छ । –इकर्मचारीबाट


प्रतिक्रिया दिनुहोस !