२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

मेरो पार्टी एमाले दक्षिणपन्थी नै हो, कुनै राजनीतिक एजेन्डै छैन : मणि थापा



काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापाले नेकपा एमाले दक्षिणपन्थी पार्टी भएकाले काम नलाग्ने बताएका छन्। एमालेजस्तै नेकपा माओवादी लगायतका कुनै पनि पार्टी काम नलाग्ने भएकाले विद्रोह गरेर नयाँ ‘र्‍याडिकल वामपन्थी’ पार्टी बनाउनुपर्ने थापाले बताए । अहिले नेपालमा भएका सबै दक्षिणपन्थी कम्युनिस्ट हुन्। काभ्रेको पनौतीमा आयोजित एक अन्तरक्रियामा सम्वोधन गर्दै एमाले नेता थापाले भने, अहिले म एमालेमा छु, यो दक्षिणपन्थी कम्युनिस्ट हो ।

थापाले अगाडि भने, ‘घनश्याम भुसालले एमालेभित्र र्‍याडिकल वामपन्थको दस्तावेज प्रस्तुत गर्न सक्नुहुन्छ कि सक्नुहुन्न? म यसमा सहयोग गर्छु। राम कार्कीले माओवादीभित्र नयाँ दस्तावेज निकाल्न सक्नुहुन्छ कि सक्नुहुन्न ? अहिलेका यी पार्टी कुनै काम लाग्दैनन्।’

माओवादीबाट विद्रोह गरेर रामबहादुर थापा बादलसँगै एमाले प्रवेश गरेका मणिले अब नयाँ वाम पार्टीको आवश्यकता रहेको बताए। उनले भने, ‘अहिले चाहिएको नयाँ मुद्दासहितको वामपन्थ हो। हामी एमालेमा छौं, एमालेसँग मुद्दा छैन।’


प्रतिक्रिया दिनुहोस !