२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

नेपाललाई साढे १५ अर्ब अनुदान सहायता दिने चीनको घोषणा



काठमाडौं । चीनले सन् २०२२ का लागि नेपाललाई साढे १५ अर्ब रुपैयाँ (८० करोड चिनियाँ युआन) अनुदान सहायता घोषणा गरेको छ। परराष्ट्रमन्त्री डा. नारायण खड्कासंग बुधबार भएको द्वीपक्षीय भेटवार्तामा स्टेट काउन्सिलर समेत रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले उक्त घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

चीनको पूर्वी तटीय प्रान्त सान्दोङ्को छिन्दाओ शहरमा दुई परराष्ट्रमन्त्रीको तहमा भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा वाङले उक्त सहयोग घोषणा गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !