१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

यो वर्ष पनि भेटिएन सर्वोत्कृष्ट कर्मचारी



काठमाडौं । बुधबार १९औँ निजामती सेवा दिवस मनाइँदैछ ।व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा सरकारले उत्कृष्ट निजामति सेवा र निजामती सेवा पुरस्कार पाउने कर्मचारीको नाम सार्वजनिक गरेको छ ।

१० जनाले १ लाख रुपैयाँको उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनाले ५० हजार रुपैयाँको निजामती सेवा पुरस्कार पाउने छन् । तर, सरकारले अघिल्ला वर्षझैँ यसवर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी भने छनोट गर्न सकेको छैन ।

हरेक वर्ष एक जनालाई सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने प्रावधान छ । सरकारले सर्वोत्कृष्ट कर्मचारी भने छनोट गर्न सकेको छैन । पछिल्ला केही वर्षयता याे पुरस्कार कसैले पाउन सकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !