२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

डिभी परेपछि अमेरिका जाने लोभले नक्कली प्रमाणपत्र बनाउने नौ जना पक्राउ



काठमाडौं । प्रहरीले काठमाडौंबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित नौ जना पक्राउ परेका छन् । डिभी परेपछि भिसा पक्रियामा कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा पाँचथर घर भई दमक बस्ने २५ वर्षीय समिर राई, कास्कीका ४० वर्षीय अरूण कार्की, नुवाकोट घर भई टोखा बस्ने २५ वर्षीय राधिका तामाङ र स्याङ्जा घर भई बसुन्धारा बस्ने ३८ वर्षीय सविता श्रेष्ठ छन् ।

यस्तै अछामका २७ वर्षीय वीरेन्द्रबहादुर रावल, झापाका ४६ वर्षीय विदुर प्याकुरेल, ४० वर्षीय दिनेश प्रसाई र ४७ वर्षीय सूर्यबहादुर श्रेष्ठ छन् ।

प्रहरीकाे अनुसार उनीहरूलाई बिहीबार अमेरिकी दूतावासबाटै पक्राउ गरिएको हो । डिभी परेर अमेरिका जान शैक्षिक योग्यता प्रमाणपत्र पेश गर्नैपर्ने बाध्यता भएपछि उनीहरूले नक्कली प्रमाणपत्र बनाएर दूतावासमा बुझाएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !