६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

१० हजार पारिश्रमिक दिएर विद्युत् प्राधिकरणले पोल्न लगायो अरिङ्गालको गोलो



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले स्थानीयलाई १० हजार पारिश्रमिक दिएर काठमाडौंको मातातीर्थस्थित विद्युत् प्रसारण लाइनको टावरमा रहेको अरिङ्गालको गोलो पोलेको छ ।

तीन जना मान्छेलाई उनीहरुले मागे अनुसार १० हजार रुपैयाँ पारिश्रमिक दिएर शनिबार बेलुका अरिङ्गालको गोलो पोलिएको काठमाडौ गि्रडका प्रमुख ई.विनोद लोहनीले जानकारी दिए ।

लोहनीका अनुसार अरिङ्गालको गोली पोलिसकिएकाले आज बिहानबाट तार जोड्न सुरु गरिने छ । मातातीर्थ-हेटौंडा १३२ केभी प्रसारण लाइनको टावरमा अरिङ्गालको गोलो देखेपछि प्राधिकरणका कर्मचारीले जम्पर (तार जोड्ने मुख्य ठाउँ) जोड्न सकेका थिएनन् ।त्यसपछि विद्युत प्राधिकरणले अरिङ्गाल पोल्न सक्ने मान्छे आवश्यक परेको सूचना सामाजिक सन्जालमा राखेको थियो । उक्त सूचनामा ई.विनोद लोहनीको सम्पर्क नम्बर दिइएको थियो ।


प्रतिक्रिया दिनुहोस !