१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

बारामा बस दुर्घटना : १२ जनाकाे मृत्यु, २० जना गम्भीर घाइते



बारा । बाराकाे अमलेखगन्जस्थित ३ नम्बर पुल नजिक बस दुर्घटना हुँदा कम्तीमा १२ जनाकाे मृत्यु भएकाे छ भने २० जना गम्भीर घाइते छन् । मकवानपुरका एसपी वामदेव गौतमका अनुसार घाइतेहरुलाई उपचारका लागि हेटाैंडा लगिँदै छ । दुर्घटना मकवानपुर र बाराको सिमानामा भएको हो ।

नारायणगढबाट पथलैयातर्फ आउँदै गरेकाे ०६-००१ ख ०१० नम्बरकाे बस खाेलामा झरेकाे थियाे । बसमा ३५ देखि ४० जना यात्रु रहेको प्रहरीले बताएको छ । जितपुरसिमरा उपमहानगरपालिका २२ मा दुर्घटना भएकाे हाे ।


प्रतिक्रिया दिनुहोस !