६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

मध्यराति ठमेलको नाइट क्लब पुगे केपी ओली



काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागिचुनावी अभियानमा व्यस्त रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्यराति ठमेलस्थित एक नाइटक्लब पुगेका छन्। एमाले अध्यक्ष ओली शुक्रबार मध्यरात करिब १२ बजेतिर ठमेलको एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबमा पुगेका हुन्। 

एलओडी पुगेर ओलीले आफ्नो नाममा बनेको र्‍याप गीत ‘सहर सहरमा ओली’ समेत सार्वजनिक गरेका छन्। केपी ओलीका बारेमा बनाइएको र्‍याप गीत युट्युबमा भने एक हप्ताअघि नै सार्वजनिक गरिएको थियो। शुक्रबार नै ‘केपी बा’ नाम दिइएको अर्को र्‍याप गीत पनि सार्वजनिक भएको थियो।


प्रतिक्रिया दिनुहोस !