१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

दोलखाको ठाउँठाउँमा गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप, एमाले प्रतिनिधि घाइते



काठमाडौं । बुथ कब्जाले बदनाम बनेको दोलखामा यो पटक पनि श्रृंखला दोहोरिएको छ । दोलखाको तामाकोशी गाउँपालिका-२ जफेको कालापनी र जामुने मतदान केन्द्रमा सत्तागठबन्धनका नेता-कार्यकर्ताले विभिन्न मतदान केन्द्रमा बुथ कब्जा गरेका हुन् ।

त्यस्तै ४ नम्बर वडाको मालु मतदान केन्द्र पनि गठबन्धनका कार्यकर्ताले नियन्त्रणमा लिएका छन् । त्यहाँ एमालेका बुथ प्रतिनिधिमाथि आक्रमण गरेर घाइते छन् । घाइतेलाई ४/५ वटा टाँका लगाइएको छ ।

उम्मेदवार कुन्दनराज काफ्लेको नेतृत्वमा युवाहरूसहित ४ वटा गाडीमा बुथ कब्जा गर्न हिँडेको आरोप छ । उनी अहिले ५ नम्बर वडार्तफ अघि बढेको बताइएको छ । काफ्ले दोलखा १ मा कांग्रेसबाट प्रदेशसभा १ का उम्मेदवार छन् ।

जिरी नगरपालिकाको ठूलोपातालमा पनि बुथ कब्जाको प्रयासपछि हवाई फायर भएको छ । दोलखा प्रहरी प्रमुख गंगा पौडेलले भने बुथ कब्जा नभएको दाबी गरे । उनले दुई स्थानमा झडप भएर मतदान अवरुद्ध भएको बताए । डीएसपी पौडेलका अनुसार मेलुङ-४ सिम्खेमा र वैतेदेश्वर-२ पुतलीकाठमा मतदान अवरुद्ध भएको हो ।


प्रतिक्रिया दिनुहोस !