१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

रसुवामा कांग्रेसका आचार्य दोब्बरभन्दा बढी मतान्तरले निर्वाचित



रसुवा : रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । आचार्यले नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६२१ मतले पराजित गरेका छन् । आचार्यले १८ हजार २३५ मत ल्याउँदा एमालेका तामाङले ८ हजार ६१४ मत ल्याएका छन् । यहाँ मंगोल नेशनल अर्गनाइजेसनका विकाश घलानले २१०, राष्ट्रिय स्वतन्त्र पार्टीका मिननाथ देवकोटाले १६५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका टिकाप्रसाद देवकोटाले ७५ मत पाएका छन् ।


प्रतिक्रिया दिनुहोस !