६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

स्विटजरल्याण्डलाई हराउँदै एक खेलअघि नै माथिल्लो चरणमा पुग्ने ब्राजिलको दाउ



काठमाडौ । फिफा विश्वकप २०२२ अन्तर्गत सोमबार समूह एचका दई टोलीहरु ब्राजिल र स्विटजरल्याण्डबीच प्रतिस्पर्धा हुँदै छ।कतारको स्टेडियम ९७४ मा हुने उक्त खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ।

पहिलो खेलमा जित हात पारेका यी दुई टोलीलाई यो समूहबाट माथिल्लो चरणमा जान सक्ने टोलीका रुपमा हेरिएको छ।

सोमबार हुने खेल एक खेलअघि नै माथिल्लो चरण पक्का गर्न यी दुवै टोलीका लागि महत्वपूर्ण देखिएको छ। 

ब्राजिलले पहिलो खेलमा सर्बियालाई हराएको थियो भने स्विटजरल्याण्डले क्यामरुनलाई पाखा लगाएको थियो।सोमबारको खेल हार्ने टोलीले भने माथिल्लो चरणमा प्रवेशको लागि अन्तिम खेलको नतिजा कुर्नुपर्ने हुन्छ। 


प्रतिक्रिया दिनुहोस !