२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्ने



काठमाडौ । उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक भोलि (बिहीबार) बस्ने भएको छ। बुधबार बिहान प्रधानमन्त्रीसँगको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलले संयन्त्रको बैठक बस्ने निर्णय गरेको हो। बालकोटमा प्रचण्ड र ओलीबीच डेढ घन्टा लामो छलफल भएको थियो। 

ओली उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजक पनि हुन्। यसअघि संयन्त्रको बैठक बस्ने भनिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि संयन्त्रको बैठक बस्न माग गरेको थियो। यद्यपि रास्वा सरकारबाट बाहिरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !