७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

जब रुसी विमानले तेल खन्याएर अमेरिकी ड्रोन खसाल्यो



एजेन्सी । अमेरिकी ड्रोनमाथि रुसी विमानले तेल खन्याएको भिडिओ अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सार्वजनिक गरेको छ।

पेन्टागनले बिहीबार सार्वजनिक गरेको ४२ सेकेन्डको भिडिओमा रुसी एसयू–२७ लडाकु विमान एमक्यू–९ ड्रोनको पछाडि पुगेपछि तेल छाड्न थालेको देखिन्छ। मंगलबार काला सागरमा अमेरिकाको सो ड्रोन खसेको थियो।

रुसले अमेरिकाको ड्रोन खसाइदिएपछि अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले चिनियाँ समकक्षी सेर्गेइ सोइगुसँग टेलिफोन वार्ता गरेका छन्। त्यस्तै अमेरिकी चिफ्स स्टाफ जर्नेल मार्क मिलीले पनि रुसी समकक्षी भेलेरी गेरासिमोभसँग पनि कुरा गरेका छन्।


प्रतिक्रिया दिनुहोस !