१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

बंगलादेशको किर्तिमानी जीत



काठमाडौं । घरेलु टिम बंगलादेशले आयरल्यान्डसँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज २–० ले जितेको छ । बिहीबार भएको तेस्रो तथा अन्तिम खेलमा आयरल्यान्डलाई १० विकेटले पराजित गर्दै बंगलादेशले सिरिज जितेको हो । बंगलादेशले ओडीआई इतिहासमा १० विकेटको जित हात पारेको यो पहिलो खेल हो । १०२ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले १३.१ ओभरमा विना विकेट लक्ष्य भेटायो । बंगलादेशका लागि लिटोन दासले ३८ बलमा १० चौका प्रहार गर्दै अविजित ५० रन बनाए । त्यस्तै, तमिम इकबलले अविजित ४१ रन बनाए ।

यसअघि सिल्हेट अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले २८.१ ओभरमा सबै विकेटको क्षतिमा १०१ रन मात्रै बनायो । आयरल्यान्डका दुई खेलाडीले मात्रै दोहोरो अंकमा रन बनाए । कर्टिस क्याम्फरले ३६ र लोर्कन टुकरले २८ रन बनाए । बलिङतर्फ बंगलादेशका हसन महमुदले पाँच र टस्किन अहमदले तीन तथा इबादत हुसेनले दुई विकेट लिए । यसअघि भएको पहिलो खेलमा बंगलादेशले आयरल्यान्डलाई १८३ रनले पराजित गरेको थियो । तर दोस्रो खेल भने वर्षाको कारण रद्द भएको थियो ।


प्रतिक्रिया दिनुहोस !