१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

राहुल गान्धीको सांसद पद खारेज गरेको विरोधमा कांग्रेस आईले देशभर ‘जनआन्दोलन’ गर्ने



काठमाडौं । आफ्ना नेता (पूर्वअध्यक्ष) राहुल गान्धीको सांसद (लोकसभा सदस्य) पद खारेज गरिएको विरोधमा भारतीय राष्ट्रिय कांग्रेसले देशभर ‘जनआन्दोलन’ गर्ने भएको छ। बीबीसी हिन्दीका अनुसार शुक्रबार साँझ नयाँ दिल्लीस्थित पार्टी मुख्यालयमा बसेको शीर्ष नेताहरूको बैठकले देशव्यापी विरोध कार्यक्रम गर्ने निर्णय गरेको कांग्रेस महासचिव जयराम रमेशले सञ्चारकर्मीलाई जानकारी दिएका हुन्। यो आन्दोलन सोमबार देशभर सुरु हुने उनले बताए।

उनका अनुसार ‘हातमा हात मिलाऊ’ अभियानसँगै राहुल गान्धीलाई अयोग्य घोषणा गरिएकोविरुद्ध जनचेतनामूलक कार्यक्रम, संविधान बचाऔँ अभियान सञ्चालन गरिनेछ। जयराम रमेशले भने, ‘हामीले देशभर गएर मोदी सरकारविरुद्ध आवाज उठाएका कारण राहुल गान्धीलाई जानाजानी अयोग्य घोषणा गरिएको हो।’

उनले ‘भारत जोडो यात्रा’ अभियानलगायत आफूहरूका गतिविधिबाट प्रधानमन्त्री मोदीको पार्टी भारतीय जनता पार्टी ९भाजपा० उत्तेजित भएको आरोप पनि लगाए।


प्रतिक्रिया दिनुहोस !