१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

प्रधानमन्त्री र सभापतिबाट अर्थमन्त्रीको प्रस्ताव आएको छैन : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन् । शनिबार रुपन्देहीमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवाले अर्थमन्त्रीका विषयमा कुनै प्रस्ताव नगरेको बताएका हुन् । मलाई प्रधानमन्त्रीले अर्थमन्त्री बन्न भन्नुभएको, सभापतिले भन्नुभएको होइन है, मलाई कसैले बोलाएर केही भनेको छैन’ महामन्त्री थापाले भने, ‘(अर्थमन्त्री बन्न) भनेको, भन्दाभन्दै नगरेको पो हुन थाल्यो कि !

थापाले आजसम्म आफूलाई कसैले बोलाएर केही कुरा नदिएको भन्दै उनले आफूलाई कसैले बोलाएर आफ्नो रुचिबारे सोध्ने अपेक्षा पनि नभएको बताए । ‘‘किनकी आजसम्म कसैले मलाई बोलाएर केही दिएकै छैन, मैले जे पाएको छु लडेर पाएको छु । मलाई बोलाएर कसरी गर्नुहुन्छ, के गर्नुहन्छ भनेर सोध्नुहुन्छ भन्ने लागेको पनि छैन’ उनले भने ।

आफ्नो ध्यान २०८४ सालमा कुनै पनि गठबन्धन नगरी एक्लै चुनाव लड्नेमा रहेको थापाले बताए । ‘मलाई के छ भने २०८४ मा नेपाली कांग्रेस यस्तो बनाउनुपर्ने छ कि जतिवटा मोर्चा बने पनि बनोस्, १६५ का १६५ निर्वाचन क्षेत्रमा कसैलाई मत हाल्नु नपरोस्’, उनले भने ।नेपाली कांग्रेससँग आठ लाख भन्दा बढी कार्यकर्ता र ३०० भन्दा बढी स्थानीय सरकारको नेतृत्व रहेको भन्दै थापाले ती सबैलाई राम्रोसँग काम लगाउन सकेमा पार्टीलाई राम्रो हुने बताए ।


प्रतिक्रिया दिनुहोस !