१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

आफ्नै विद्यालयका बालबालिकामाथि यौन दुरुपयोग गर्ने मदन राई धरौटीमा रिहा



काठमाडौं । आफ्नै विद्यालयका बालबालिकामाथि यौन दुरुपयोग गरेको आरोपमा पक्राउ परेका मदन राई धरौटीमा रिहा भएका छन् । खोटाङको ‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापकसमेत रहेका राईलाई सोमबार जिल्ला अदालत खोटाङका न्यायाधीश सुवासबाबु पुरीको इजलाशले धरौटीमा रिहा गर्न आदेश दिएको हो। धरौटीमा रिहा भएका राईसँग चार लाख धरौटी माग गरिएको छ । धरौटी बुझाएसँगै राई रिहा भइसकेका छन् ।

फाउन्डेसनमा ७ वर्षदेखि बस्दै आएकी १६ वर्षीया एक किशोरीले यौन उनीविरुद्ध दुव्र्यवहारको उजुरी दिएपछि ७५ वर्षीय राई पक्राउ परेका थिए । राईविरुद्ध पीडितले आफूमाथि पटकपटक शरीरमा हातले छोएको, यौन सम्पर्क सिकाइदिन्छु भनेर प्रस्ताव राखेको, आफ्नो गुप्तांग छुन लगाएकोलगायत विभिन्न आरोपहरु लगाएका थिए ।


प्रतिक्रिया दिनुहोस !