Saturday, January 18, 2025

ट्रेन्डिङ :

सैनिक सेवा नियमावली संसोधन, १६ बर्षमा पेन्सन पाउने

spot_img
spot_img
spot_img

काठमाडौं : माघ ७, नेपाली सेनाको सकल दर्जाको पेन्सन अवधि परिवर्तन गरिएको छ। लामो समयदेखि सेनाका जवानहरुले माग राख्दै आएको १६ वर्ष कार्यरत भएपछि पेन्सन निस्किन पाउने व्यवस्था अहिलेका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरा गरिदिएका छन्। नेपाली सेनाले आफ्नो सैनिक सेवा नियमावली संसोधन गर्दै १६ वर्षे पेन्सन अवधि लागु गरेको हो।

सेनाले राखेको नियमावली संशोधन गर्ने प्रस्तावलाई रक्षा मन्त्रालयले सहमति जनाउँदै कानुन मन्त्रालयलाई पत्राचार गरेको छ। यद्धपी मन्त्रीपरिषदले अनुमोदन भने गरिसकेको छैन। सैनिक स्रोतले बताए अनुसार अब छिट्टै नै मन्त्रीपरिषदले उक्त नियमावली अनुमोदन गर्ने छ। सैनिक सेवा नियमावलीको तेस्रो संशोधन २०७७मा उल्लेख भए अनुसार अब नेपाली सेनाका सिपाही र फलोअर्सले सेवा प्रवेश गरेको १६ वर्षमा पेन्सन पाउने भएका छन्।

नयाँ नियमावली अनुसार ०६० साल वैशाख २८ गते र सोभन्दा पछि नेपाली सेनामा भर्ना भएकाका लागि यो संशोधन लागु हुने भएको छ। ‘संवत २०६० साल बैशाख २८ र सो भन्दा पछि नेपाली सेनामा भर्ना भएका देहायका सैनिक व्यक्तिले, २०७७को संशोधन अनुसार पेन्सन पाउने छन्। लामो समयदेखि सिपाहीहरूले गुनासो गर्दै आएका थिए। नियमावली संशोधनसँगै तल्लो तहमा कार्यरत सिपाहीहरुलाई राहत मिल्ने विश्वास लिइएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?