Wednesday, February 19, 2025

ट्रेन्डिङ :

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण गर्न चार करोड रुपैयाँ सहयोग

spot_img
spot_img

काठमाडौं : माघ १४, धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका २० मा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले बुधबार धुर्मुस सुन्तली फाउण्डेसनलाई थप चार करोड रुपैयाँ सहयोग गरेको छ । यसअघि महानगरले फाउण्डेसनलाई चार करोड दिइसकेको छ ।

बुधबार महानगर कार्यालयमा मेयर रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई चार करोड रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् । महानगरबाट प्राप्त चेक ग्रहण गर्दै धुर्मुसले रंगशाला निर्माणको कामलाई अगाडि बढाउन यो सहयोगले सहज बनाएको प्रतिक्रिया दिए । उनले स्थानीय सरकार र जनताको सहयोगमा रंगशाला निर्माण कार्यलाई टुंगोमा पु-याइने बताए । रंगशाला निर्माण सहयोगार्थ यसअघि महायज्ञको आयोजना गरिएको थियो ।

चेक हस्तान्तरणको अवसरमा भरतपुर महानगर प्रमुख रेनु दाहालसँगै उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायतको उपस्थिति रहेको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत जोशीले भरतपुर महानगरपालिकाको गौरवको आयोजनाको रुपमा लिइएको रंगशाला निजी क्षेत्रको समेत सहयोगमा निर्माण सम्पन्न गरिने बताए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?