१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

लिखित जवाफ बोकेर अदालतमा उपस्थित हुन प्रधानमन्त्री ओलीलाई सर्वोच्चको आदेश



काठमाडौं : माघ १५, प्रधानमन्त्री केपी ओलीविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आफैं उपस्थित भएर लिखित जवाफ दिन माग गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले बुधबार प्रधानमन्त्री ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारबाही किन हुनु नपर्ने हो भन्नेबारे बाटोको म्यादबाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । प्रधानमन्त्रीका अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै उपहास भएको भन्दै वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले अवहेलना मुद्दा दायर गरेका थिए । प्रधानमन्त्रीका अभिव्यक्तिविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि रिट दायर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !