Saturday, February 8, 2025

ट्रेन्डिङ :

घुस लिएको आरोपमा विद्युत प्राधिकरणका ४ कर्मचारी पक्राउ

spot_img
spot_img
spot_img

काठमाडौं : माघ १७, नेपाल विद्युत प्राधिकरण, सखुवा वितरण केन्द्र, अन्तर्गत ढल्केवर नो लाइट धनुषामा कार्यरत चार जना कर्मचारीहरु पाँच हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । पाँचौँ तहका सुपरभाइजर जगतनारायण साह, तेस्रो तहका इलेक्टिसियन यमकुमार महतो, ज्यालादारी प्राविधिकको रुपमा कार्य गर्ने नवलकिशोर राउत र दोस्रो तहका मनोहरकुमार महतोलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । नयाँ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा बर्दिवासस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?