Thursday, February 20, 2025

ट्रेन्डिङ :

खालीबारी युथ क्लबको सी डिभिजन लिगमा विजयी सुरुवात

spot_img
spot_img

काठमाडौं । खालीबारी युथ क्लबले सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको उद्धघाटन खेलमा झापा एफसीलाई २–१ ले पराजित गर्दै खालीबारीले विजयी सुरुवात गरेको हो । खालीबारीलाई जित दिलाउन विपिन कँडेल र सुदिप केसीले एक एक गोल गरे । झापाका सरोज दोर्जी कार्कीले एक गोल फर्काए । जितसँगै खालीबारीले पहिलो खेलमा ३ अंक जोडेको छ ।

लिग अन्र्तगत दोस्रो खेलमा ओसिस क्लब र चर्च ब्वाइज युनाईटेड भिडिरहेका छन् । १४ टिमले प्रतिस्पर्धा गर्ने सी डिभिजन लिगमा कूल ५२ खेल हुनेछ भने ३ टीम बी डिभिजनमा बढुवा हुनेछन् । यस्तै एक टिम रेलिगेसनमा पर्नेछ । सहभागी १४ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहको खेल राउण्ड रोविन लिगका आधारमा हुनेछ । पहिलो चरणको खेलपछि दुवै समूहका शीर्ष ३ स्थानमा रहने टोली सुपर लिगमा प्रवेश गर्नेछन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?