Friday, January 24, 2025

ट्रेन्डिङ :

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नजाने माओवादीको निर्णय

spot_img
spot_img
spot_img

काठमाडौं : राष्ट्रपतिले आज अपरान्ह ४ बजेलाई शीतल निवासमा बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र नजाने भएको छ । पुस ५ गते प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक सिफारिसलाई आखाँ चिम्लेर सदर गरेकी राष्ट्रपतिले अहिले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निरन्तरतामा अप्ठेरो उत्पन्न भएपछि सर्वदलीय बैठक बोलाएको भन्दै माओवादी केन्द्र बैठकमै नजाने भउको हो ।

अहिले बिहान बसेको माओवादी स्थायी समिति बैठकले आज शीतल निवासको भेलामा सामेल नहुने निर्णय गरेको हो । संविधान र प्रणाली नै संकटोन्मुख भएको बेला प्रधानमन्त्रीको सिफारिशको सहयात्री बन्नुभएका राष्ट्रपतिले त्यतिबेला सर्वदलीय बैठकको औचित्य देख्नुभएन । तर आज संविधानसम्मत भइरहेका संसदीय गतिविधिलाई लिएर सर्वदलीय बैठक डाक्नु अर्थपूर्ण रहेको माओवादीको स्थायी कमिटीको निष्कर्ष छ ।

यता, पार्टी छाडेर गएका गृहमन्त्री रामबहादुर थापा बादललगायतलाई माओवादी केन्द्रले सोधेको स्पष्टीकरण पत्र हिजो सबैको हातैमा थमाइएको छ । उनीहरूले आज साँझसम्ममा स्पष्टीकरण बुझाउनुपर्ने पेरिसडाँडा स्रोतले बताएको छ । बिहान उक्त पार्टीको संसदीय दलको बैठकसमेत सिंहदरबारमा बसेको छ । आज दिउँसो प्रतिनिधिसभाको बैठक बोलाइएको सन्दर्भमा संसदीय दलको बैठक बसेको हो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?