२२ मंसिर २०७८, बुधबार
 |   Wed Dec 8 2021
Logo

इण्डो-प्यासेफिक क्षेत्रमा चीनले बढी आक्रामकता देखाएको पेण्टागनको आरोप



बेइजिंगले हिन्द प्रशान्त क्षेत्रमा कडा र आक्रामक दृष्टिकोण अपनाएको पेन्टागनकोका अधिकारीले बताएका छन् । पेन्टागनका एक उच्च अधिकारीले भने चीनले सैनिक क्षमतामा बृद्धि गरेको र जोखिम लिन इच्छुक रहेको देखाएको छ। बेइजिंगले सैन्य योग्यता र जोखिम लिनको इच्छुकता प्रदर्शन गरेको छ र यसले भारत प्रशान्त क्षेत्रमा बढी जबरजस्ती र आक्रामक दृष्टिकोण अपनाएको छ, सुरक्षा सचिव डा। क्याथलीन हिक्सले शुक्रवार नेशनल वार कलेज फ्याकल्टीलाई सम्बोधन गर्दै भने। २०२० मा मात्र बेइजिले अस्ट्रेलिया, जापान, भियतनाम र फिलिपिन्सलगायत आफ्ना छिमेकी देशहरूसँगको धेरै विषयलाई लिएर तनाव बढाएको उनले बताए।

यो वास्तविक नियन्त्रण रेखामा भारतसँगको सशस्त्र भिडन्तमा सामेल भएकोले दुबै तर्फ ज्यान गयो । हङकङमा आफ्नो पकडलाई थप कसिलो बनायो । त्यस्तै उनले चीनको कार्यक्षेत्र क्षेत्रीय शान्ति र स्थायित्व र कानूनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थामा खतरा रहेको बताए । त्यस्तै अमेरिककाका सहयोगी र सुरक्षामा आश्रित देशहरुका लागि चीनको दख्खल गर्ने नियत प्रष्ट रहेको बताउँछन् ।

पृष्ठभूमिमा अमेरिकी राष्ट्रपति जो बिडेनले हालै आफ्नो अन्तरिम राष्ट्रिय सुरक्षा रणनीतिक मार्गदर्शन जारी गरेर चीनको बढ्दो प्रभावका बिषयमा अन्तरिम मार्गनिर्देशनले नोट जारी गर्दै चीन मात्र प्रतिस्पर्धी हो जसले आफ्नो आर्थिक, कूटनीतिक, सैन्य र टेक्नोलोजिकल शक्तिलाई एक स्थिर र खुला अन्तर्राष्ट्रिय प्रणालीमा टिकाऊ चुनौती दिन सक्ने सम्भावित खतरा रहेको ट बाईडेनले भने ।


प्रतिक्रिया दिनुहोस !


गन्ने नै हो भने ओलीले एमालेबाट खोसेको सम्पत्ती अरब बढी नै होला : माधव नेपाल



काठमाडौं । नेकपा एमालेको सम्पत्ती केपी शर्मा ओलीले खोसेर लगेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

इटहरीमा पार्टी कार्यालय निरीक्षणका लागि पुगेका उनले एमालेको भौतिक र नगद सम्पत्ती ओली समूहले खोसेर लगेको बताएका हुन् । ‘जोड्दै जाने हो भने कति अरब पुग्ने हो भौतिक सम्पती, नगदहरु पनि छन्,’ उनले भने, ‘यी सबै खोसेर लगेका छन् उनीहरुले, कब्जा गरेका छन् तर पनि केही बात छैन फेरि आर्जन गरौंला ।’ उनले हक लाग्ने भए हक खोज्ने बताए । हक खोज्नका लागि कानूनी बाटो अपनाउने उनले बताए ।

‘हक लाग्छ भने त्यसका निम्ति कानूनी उपायहरु खोजौंला,’ उनले भने,‘ पार्टीलाई व्यवस्थीत बनाउन कार्यालय अपरिहार्य छ ।’

प्रतिक्रिया दिनुहोस !

केपी ओलीको घमण्डले सबैथोक बर्बाद भयो : मन्त्री खतिवडा



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमा रहेको घमण्डले मुलुक सन्त्रासमा गएको बताउनुभएको छ ।

नुवाकोटस्थित त्रिशुली अस्पतालको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमपछि सदरमुकाम बिदुरमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले उक्त कुरा उल्लेख गर्नुुभएको हो ।

आफू मात्रै सर्वेसर्वा भन्ने ओलीको घमण्डले मुलक पछाडि परेको उहाँको भनाइ छ । दुई तिहाईको बहुमतीय सरकारलाई धान्न नसकेर अहिले प्रतिपक्षमा बस्नु परेको बताउदै ओलीकै घमण्डका कारण आफूहरु नयाँ पार्टी गठन गर्न बाध्य भएको मन्त्री खतिवडाले बताउनुभयो ।

उहाँले पार्टी र सत्ता सञ्चालनमा विचार र सिद्घान्तलाई पञ्छाउँदै व्यक्तिगत स्वार्थका योजनाहरुलाई समावेश गरेको उपजका कारण एमाले अहिले प्रतिपक्षमा पुगेको दाबी गर्नुभयो ।

अर्को प्रसंगमा मन्त्री खतिवडाले अब कोरोना संक्रमणकै कारण मुलुकमा लकडाउन नहुने बताउनुभयो । विगतमा संक्रमण नियन्त्रण तथा रोकथामका लागि भएका निषेधाज्ञाले संक्रमणलेभन्दा धेरै भोकमरीको समस्या सिर्जना भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिलेकै अवस्थामा लकडाउन हुँदैन, संक्रमण नियन्त्रण तथा रोकथामका लागी थप योजनाहरु ल्याइन्छ ।’

त्यसअवसरमा उहाँले नेपाली नागरिकलाई आवश्यक पर्ने सबै खोप नेपालले स्टोर गरिसकेको उल्लेख गर्दै उहाँले पुस महिनाभित्रमा सबै नागरिकले खोप लगाइसक्ने बताउनुभयो । उहाँले खोप सुनिश्चितताको लागि अभियाननै सञ्चालन गर्ने तयारी रहेको जानकारी दिनुभएको छ ।

एकीकृत समाजवादीको पत्रकार सम्मेलनमा समाजवादी पार्टीका बागमती प्रदेश सदस्य यमकुमार खाती, पार्टीका जिल्ला अध्यक्ष गोविन्द नेपाली, उपाध्यक्ष शान्ता थापा, उपसचिव उद्वव पनेरु, वुद्धिजिवी विभाग प्रमुख रामहरी गजुरेल, युवासंघ तथा विद्यार्थी नेता र कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस !

नेपालमा देखिएको कोरोना ओमिक्रोन भेरियन्टका दुवैजना निको भए



काठमाडौं । नेपालमा देखिएको कोरोना ओमिक्रोन भेरियन्टका दुवैजना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उनीहरु दुवैजना संक्रमणमुक्त भएका छन् । दुवैजनाको रिपोर्ट मंगलबार नेगेटिभ आएको छ । मन्त्रालयले यसअघि सोमबार पत्रकार सम्मेलन गर्दै मंसिर ३ गते नेपाल आएका दुईजनामा ओमिक्रोन भेरियन्ट देखिएको जानकारी गराएको थियो । त्यसमा एकजना विदेशी नागरिक थिए भने अर्का नेपाली नागरिक रहेका थिए । उनीहरु दुवैजना क्वारेन्टिनमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: