Thursday, May 22, 2025

ट्रेन्डिङ :

पूर्व प्रधान न्यायाधीशलाई अब हुन्डाईको क्रेटा, सर्वोच्च अदालत परिसरमा १४ नयाँ गाडी

spot_img
spot_img

काठमाडौँ । पूर्व प्रधान न्यायाधीशहरुको सुविधाका लागि एउटै मोडलको गाडी उपलब्ध गराइने भएको छ। मन्त्रिपरिषदले गरेको निर्णय अनुसार एकैखाले गाडी सर्वोच्च अदालतमा सोमबार देखियो। कुनै प्रधान न्यायाधीशले महँगो गाडी त कुनैले सस्तो मोडलको गाडी चढ्दै आएका छन्। आफैं गाडी छनोट गर्ने प्रवृत्ति अन्त्य गर्नका लागि समान गाडी उपलब्ध गराउन लागिएको हो। सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालका अनुसार पूर्व प्रधान न्यायाधीशहरूसँग भएका गाडी जे जस्तो अवस्थामा छन् फिर्ता झिकाउने र नयाँ दिने तयारी भएको हो।

ढकालका अनुसार १४ वटा गाडी ल्याइएको छ। ल्याइएका सबै गाडी हुन्डाइ कम्पनीका क्रेटा हुन्। गाडी भूतपूर्व प्रधान न्यायाधीशको प्रयोगका लागि हो, प्रवक्ता ढकालले भने, उहाँहरूले आफूखुशी लगेका गाडी फिर्ता गरेर नेपाल सरकारको नीतिगत निर्णयअनुसार उपलब्ध गराइएका एकनास प्रकृतिका गाडीहरू उहाँहरूलाई बुझाउने हो।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?