Friday, May 23, 2025

ट्रेन्डिङ :

एमाले प्रवेश गरेका लेखराज भट्टसहित ४ मन्त्रीलाई माओवादीले सांसदबाट हटायो

spot_img
spot_img

माओवादी केन्द्रले एमालेमा प्रवेश आफ्ना ४ जना नेतालाई सांसदबाट हटाएको सूचना संसदमा सचिवालयमा दर्ता गराएको छ।

माओवादी केन्द्रबाट एमालेमा गएका उद्योगमन्त्री लेखराज भट्ट, उर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरीलाई सांसदबाट हटाएको सूचना संसद सचिवालयमा दर्ता भएको संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए।

माओवादी केन्द्रका नेताहरुका अनुसार गृहमन्त्री रामबहादुर थापा बादललाई पनि हटाउने पत्र तयार भइसके पनि राष्ट्रिय सभाका प्रमुख सचेतक काठमाडौं बाहिर रहेकाले केही दिन पछि मात्रै बादललाई सांसद पदबाट हटाएको सूचना दर्ता गरिने छ।

सर्वोच्च अदालतको फागुन २३ गतेको एमाले र माओवादी अलग हुनुपर्ने फैसलासँगै माओवादी केन्द्रका ५ जना नेता एमालेमा प्रवेश गरेका थिए। ५ जना नै हाल सरकारमा मन्त्रीका रुपमा रहेका छन्।

माओवादी परित्याग गरेका उनीहरुलाई प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चैत ७ गतेको बैठकबाट केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।

ओलीले एकलौटी निर्णय गरेको भन्दै एमालेकै अर्को माधवकुमार नेपाल समूह हाल समानान्तर गतिविधि गरिरहेको छ भने माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?