Tuesday, January 14, 2025

ट्रेन्डिङ :

कांग्रेसको नेतृत्वमा सरकार बनाउने देउवाको प्रस्तावमा माओवादी केन्द्र सहमत, जसपा के गर्ला ?

spot_img
spot_img
spot_img

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको प्रस्ताव गरेका छन्।

शुक्रबार दिउँसो सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच भएको छलफलमा सभापति देउवाले पहिलोपटक ओली सरकारको विकल्प खोज्दै कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको प्रस्ताव गरेका हुन्।

बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकमा नयाँ सरकार गठनबारे सभापति देउवाले माओवादी र जसपाको धारणा मागेको बताए।

‘आजको बैठकमा सभापति देउवाले कांग्रेसको निर्णय आफ्नै नेतृत्वका सरकार बनाउने भन्ने छ, त्यो निर्णयलाई कार्यान्यवनका गर्दै नयाँ सरकार बनाउनका निम्ति तपाईंहरुको धारणा छलफल गरौँ, तपाईहरुको धारणा के छ भनेर प्रस्ताव गर्नुभयो’, उपाध्यक्ष श्रेष्ठले भने।
जनता समाजवादी पार्टि भने छलफलकै क्रममा छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?