Sunday, April 20, 2025

ट्रेन्डिङ :

उद्योग वाणिज्य संघको निर्वाचनमा विवाद हुँदा प्रहरी र प्रदर्शनकारीबीच झडप, ५ जना घाईते

spot_img
spot_img

जनकपुर : जनकपुरमा जनकपुर उद्योग वाणिज्य संघको निर्वाचन मतगणनालाई लिएर प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। नयाँ नेतृत्वका लागि सम्पन्न निर्वाचनको मतगणनाविरुद्ध असन्तुष्ट पक्षले निर्वाचन समितिविरुद्ध विरोध प्रदर्शन गरेपछि झडपको स्थिति सृजना भएको थियो। वरिष्ठ उपाध्यक्ष पदको मतगणनाको क्रममा उम्मेदवार सुरेन्द्र भण्डारीको पक्षमा मत कम आउन थालेपछि मतदानभन्दा बढी मत मतगणनामा फेला परेको भन्दै भण्डारी पक्षधरले प्रदर्शन गरेका छन्। अवस्था तनावग्रस्त बनेपछि मतगणनास्थल गोपाल धर्मशालामा धेरै सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

विवादित समूहका पक्षधरले निर्वाचन समितिको विरोध गर्दै टायर बालेर प्रदर्शनका गर्नुका साथै प्रहरी माथि ढुंगामुढा समेत प्रहार गरेका छन्। प्रदर्शनकारी समूहबाट ढुंगामुढा प्रहार भएपछि प्रहरीले लाठी चार्ज समेत गरेको प्रहरीको दाबी छ। लाठी चार्जबाट पाँच जनाभन्दा बढी प्रदर्शनकारी सामान्य घाइते भएका छन्। यता निर्वाचन समितिका अनुसार मतगणनामा मनिषरमण साहले अग्रता लिएपछि प्रतिस्पर्धी उम्मेदवार भण्डारी पक्षका व्यक्तिहरूले डेढ सय मत बढी भएको भन्दै असन्तुष्टि जनाएका थिए। समितिका अनुसार वरिष्ठ उपाध्यक्ष पदका मतगणना असन्तुष्ट पक्षको विवादको कारण हाल अवरुद्ध भएको जानकारी दिएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?