Thursday, May 1, 2025

ट्रेन्डिङ :

ब्रोकरको अपिल, खातामा पैसा नआए चेक लिन आउनु, साउन १ गतेबाट नयाँ टीएमएस

spot_img
spot_img

सेयर ब्रोकरहरुको छाता संगठनले सेयरको भुक्तानी चेकबाट लिन आग्रह गरेको छ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले सोमबार बिहान विज्ञप्ति जारी गर्दै टी प्लस २ (टी+२) पछि लगानीकर्ताको विवरण अद्यावधिक नभएका वा प्रणालीसँग सम्बन्धित अन्य कुनै कारणले गर्दा समयमा नै लगानीकर्ताले रकमको भुक्तानी प्रणालीमार्फत प्राप्त गर्न नसकेको अवस्था रहेमा सम्बन्धित ब्रोकर कार्यालयमा गई चेकको माध्यमबाट भुक्तानी लिन आग्रह गरेको हो।

‘नियामक निकायले तोकेका सम्पूर्ण प्रावधानहरु पूरा गर्न, अन्तर्राट्रिय जगतमा ब्रोकरले अंगालेका पद्धति र प्रणाली प्रयोग गर्न र आवश्यकता अनुसार पूर्वाधार वृद्धि गर्न सदैव तयार छौं,’ विज्ञप्तिमा छ।

चुस्त दुरुस्त सेवा प्रवाह गर्न, कारोबारमा निहित जोखिम व्यवस्थापन गर्न र लगानीकर्ताले कारोबार गर्दा व्यहोर्नुपर्ने दुःख अन्त्य गर्न ब्रोकरको संयुक्त पहलमा १० भन्दा बढी राष्ट्रहरुमा प्रयोग भइरहेको कारोबार प्रणाली टीएमएस ल्याउने सम्झौतागरी काम अगाडि बढाइएको जनाइएको छ।

सम्बन्धित पक्षहरुको उचित सहयोग प्राप्त भएमा २०७८ साउन १ बाट प्रणाली लगानीकर्ताले प्रयोग गर्न पाउने अपेक्षा ब्रोकरले राखेका छन्। यसमा मल्टी एसेज, मल्टी एक्सचेञ्ज ट्रेडिङ प्ल्याटफर्म रहेको प्रणालीमा सेयर, डिबेन्चर, बण्ड, डेरिभेटिभ्स, करेन्सी लगायत बिभिन्न उपकरणहरुको कारोबार एक वा एकभन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

साथै मोबाइल एप्लिकेसन सहितको यो प्रणालीले लगानीकर्ताहरुलाई कारोबार गर्न सहजता प्रदान गर्ने जनाइएको छ। अर्थतन्त्र, बजार तथा सूचीकृत कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण गर्न सकिने गरि यस प्रणालीमा तथ्यांकहरु राखिने छन्। लगानीकर्ताहरुले आफ्नो कारोबारको सम्पूर्ण हरहिसाब तथा आफ्नो पोर्टफोलियो तथा नाफा घाटाको अवस्था पनि यसै प्रणालीमार्फत हेर्न पाउने व्यवस्था रहने छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?