Monday, April 28, 2025

ट्रेन्डिङ :

औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्न गएका स्थानीयलाई प्रहरीले हटायो

spot_img
spot_img

बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्न आएका स्थानीयलाई प्रहरीले हटाएको छ । गएराति सयौँको संख्यामा आएका स्थानीयलाई प्रशासनको सहयोगमा आज बिहानै हटाईएको हो । सरकारले सुकुम्बासीलाई जग्गाको लालपूर्जा दिने भनेपछि उनीहरु करिडोरको जग्गा कब्जा गर्न गएका हुन् । नयाँ गाउँ, बेलवास, गोलपार्क, बुद्धनगरलगायतका ठाउँबाट आएकाहरुले मोतिपुर करिडोरको बी ब्लकको जग्गामा चुना र डोरीले घेरा हालेर प्लटिङ गरेका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले सरकारी जग्गा कुनैपनि हालतमा कब्जा हुन नदिने बताए।

सरकारले देशका सातवटै प्रदेशमा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेअनुसार गत फागुन २१ गते मोतिपुर औद्योगिक करिडोरको पनि शिलान्यास गरिएको थियो । तर केही व्यक्तिले आफ्ना घर जमिन भएको क्षेत्रमा औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै शिलान्यास कार्यक्रमको विरोध गरेका थिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?