Sunday, April 20, 2025

ट्रेन्डिङ :

अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारी, लज्जास्पद र गैरजिम्मेवार प्रवृत्ति: नेपाली काँग्रेस

spot_img
spot_img

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले कोरोना संक्रमितका लागि बेड छैन भन्नु लाचारी र लज्जास्पद भएको बताएको छ । शनिबार बिहान काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै संकटमा राज्य हतास नभइ नागरिकलाई ढाडस बन्नुपर्ने बताएका छन् ।

स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न राज्यले अपील गर्नु स्वभाविक र आवश्यक हो । तर संकटमा अपील गरिरहँदा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

तर ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको’ सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैरजिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको काँग्रेसको भनाइ छ ।

‘पुरै वर्ष दिन सत्ता द्वन्द्वमा बिताउने, संसद विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने ?,’ शर्माको प्रश्न छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?