Friday, December 6, 2024
spot_img

ट्रेन्डिङ :

पोखरामा ४ कोरोना संक्रमितको मृत्यु

spot_img
spot_img

पोखरा । कास्कीको पोखरामा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार बुधबार राति र बिहीबार बिहान गरी कुल ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिकाका तीन जना र म्याग्दीको धौलागिरि गाउँपालिकाका एकजना छन् । चरक अस्पतालमा पोखरा महानगरपालिका–३ का ८७ वर्षीय पुरुषको वैशाख २२ गते बुधबार मृत्यु भएको उनले बताए । उनीमा वैशाख २१ गते संक्रमण पुष्टि भएको थियो ।

मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका–२९ का ४१ वर्षीय पुरुष, वडा नम्बर १७ की ७३ वर्षीय पुरुष र म्याग्दीको धौलागिरि गाउँपालिका–२ की ७२ वर्षीया महिलाको मृत्यु भएको उनले बताए । डा. शर्माका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार बिहान ६ः५५ बजे मृत्यु भएको हो । उनीमा वैशाख २२ गते बुधबार संक्रमण पुष्टि भएको थियो । पोखराकै ७३ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो । उनीमा वैशाख १८ गते संक्रमण पुष्टि भएको थियो । म्याग्दीकी ७२ वर्षीया महिलाको बिहीबार बिहान ७ः१० मृत्यु भएको डा। शर्माले बताए । उनीमा वैशाख २२ गते संक्रमण पुष्टि भएको थियो ।

 

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?